fbpx

वैशाख २५ काठमाडौँ / संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध उजुरी आह्वान गरेको छ। शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले जेठ ४ गतेभित्र उजुरीको समय तोकेको छ।

संवैधानिक परिषदको सिफारिसपछि संसदीय समितिले अनुमोदन गरेपश्चात राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछ। बिहीबार संवैधानिक परिषदले शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरेको थियो।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।