काठमाडौँ ,वैशाख २७ / नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार २ सय ६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले बढेर ५ हजार ३ सय रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ५ सय ४४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

