fbpx

काठमाडौँ ,वैशाख २७ / – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।

नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै एसएमएस, आईभीआर तथा वेबसाइटमार्फत नतिजा सार्वजनिक हुने जानकारी दिएको छ ।
कार्यालयले एसईई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ ।

सूचनाअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस,युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ। यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ।साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।