काठमाडौँ ,वैशाख ३० / प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले अवरोध जनाएका छन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा संसद छोडेर हिडेर प्रधानमन्त्रीले संसदको गरिमा नराखेको बताउदै यस विषयलाई आफुहरुले गम्भीर रुपमा लिएको प्रतिपक्षी दलहरुले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई सदनको संयुक्त बैठकमा सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि विपक्षी दलहरूका सांसदहरू सिटबाट उठेर अवरोध जारी राखेका छन्।
उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामाको माग गरेका छन्। प्रधानमन्त्री शाह बैठकमा उपस्थित नभएको भन्दै सांसदहरूले राजीनामा माग गरेका हुन्।

