काठमाडौँ ,वैशाख ३० / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूले प्रतिनिधि सभाको बैठक अबरुद्द गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटलाई स्थगित गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव टेबल गर्नसमेत नआएपछि प्रतिपक्षीले विरोध गरेका थिए ।
विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले १५-२० मिनेट संसद बैठक रोकेर संसदीय दलका नेता सचेतक र प्रमुख सचेतकसँग छलफल गर्न सुझाव दिएका थिए।
प्रतिपक्षी दलले उभिएर निरन्तर विरोध र नाराबाजी गरेपछि संसद् १५ मिनेटलाई रोकिएको हो । विपक्षी दल श्रमसंस्कृति पार्टीले त संसद् बहिष्कार नै गरेको छ।

