काठमाडौँ ,वैशाख ३१ / प्रतिनिधि सभाको बिहीबारको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले नेकपा (एमाले) ले प्रधानमन्त्री वालेन्द्र साह बालेनले संसद् र संविधानको अवमूल्यन गरेको गम्भीर आरोप लगाएका छन ।
सचेतक ऐन महरले वर्तमान सरकारले लोकतान्त्रिक शासन प्रणालीभन्दा बाहिर गएर फरक अभ्यास गर्न खोजेको भन्दै प्रश्न उठाएका हुन्। संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको स्मरण गराउँदै सरकारको कार्यशैलीप्रति आपत्ति जनाए।
प्रधानमन्त्री वालेन्द्र साहले लोकतन्त्रलाई भन्दा पनि ‘बालेनतन्त्र’ को विकास गर्न खोज्नुभएको हो कि? उहाँले पटक–पटक संसद्लाई उपेक्षा गर्ने र यसको हुर्मत लिने काम गर्नुभएको छ।”
सरकारलाई सदन र संविधानप्रति जवाफदेही हुन आग्रह गर्दै जनताका प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्नेमा जोड सचेतक महरले दिए। प्रधानमन्त्रीको निरन्तरको अनुपस्थितिले संसदीय गरिमामा आँच पुर्याएको एमालेको निष्कर्ष छ।

