fbpx

काठमाडौँ ,वैशाख ३१ / पर्यटन विभागले जनाए अनुसार यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला भएको छ । सगरमाथा आधारशिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग गरिएको विभागले जनाएको हो ।

पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतीय सहयोग सङ्घ नेपाललाई डोरी टाँग्ने जिम्मेवारी दिएको विभागको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

हिजो बुधबार १०:२५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण (डोरी टाँगिएको)गरिएको पर्यटन विभागले जनाएको छ । यसमा संलग्न पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति विभागले कृतज्ञता व्यक्त गरेको छ ।