काठमाडौँ ,जेठ ०१ / रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काएको छ ।
सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर्काएको हो । नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेर गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएको हो । यस अघि गृहमन्त्रालय अन्तर्गत रहेको गुप्तचर निकायलाई २०७४ सालमा केपी ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालय मातहतमा लगिएको थियो ।

