fbpx

काठमाडौँ ,जेठ ०१ / सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

जनमत पार्टी संसदीय दलका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । विश्वासको मत लिनका लागि प्रदेशसभा बैठक बिहान ११ बजे बोलाइएको छ ।

हाल नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालको २६, नेकपा माओवादी र नेकपा एसको ७-७ जना सांसद गरी कुल ६२ जना सांसद सरकारको पक्षमा रहेका छन् । सरकारलाई विश्वासको मतका लागि ५२ जना सांसदको समर्थन भए पुग्ने छ ।

प्रदेशसभामा एमालेका १ जना , माओवादीका २ जना, जनमत पार्टीका १ जना सांसद पदमुक्त भइसकेका छन् । जनमत पार्टी विपक्षमा उभिए पनि सरकारले समर्थन पाउने देखिएको छ ।