काठमाडौँ ,जेठ ०४ / कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशविरुद्ध सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभाको जारी बैठकमा आपत्ति जनाएका छन् ।
कामु प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन् । त्यसबारे रास्वपा सांसदहरू यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले आपत्ति जनाएका हुन् ।
अर्की सांसद बास्कोटाले न्याय सम्पादन नगरेर अन्य विषयमा चासो देखाएको बताइन् । उनले दरपिठ भएका रिट दर्ता गर्न आदेश आदेश दिने कत्तिको न्यायोचित हो हो भन्ने प्रश्न गरिन् ।

