fbpx

काठमाडौँ ,जेठ ०५ / मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट साेमबार पक्राउ परेका छन्। उनलाई वीरगञ्जको दियालो होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउको क्रममा केही समय विवादसमेत भएको बताइएको छ ।

हाल प्रसाईं प्रहरी हिरासतमै रहेका छन् । उनीमाथि कुन कानुनी कसुरमा अनुसन्धान भइरहेको हो भन्ने विषयमा प्रहरीले औपचारिक रूपमा स्पष्ट खुलाएको छैन । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।