fbpx

काठमाडौँ ,जेठ ०६ / प्रतिनिधिसभा बैठकमा संस्कृति पार्टीले विरोध जनाएपछि संसदको मर्यादा कायम राख्न हर्क साम्पाङलाई सभामुखले रुलिङ गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्प्रति सरकार जवाफदेही नभएको भन्दै आज पनि आलोचना गरे । प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे ।

प्रतिनिधिसभामा आज पनि पर्चा देखाउँदै सरकार विरुद्ध श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका हुन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीदेखि मन्त्रीहरूलाई सदनमा अनिवार्य आउन रुलिङको माग गरे ।

सांसदले पनि नियमित रुपमा सभाको विपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिमको आफ्नो व्यवहार सच्याउन सभामुखले चेतावनी दिएका छन्।