fbpx

काठमाडौँ ,जेठ २२ / गायिका तेजवती जोशीको स्वरमा र कुमार मिश्रको शब्द, टेकेन्द्र नेपालीकोको संगीतमा ‘नेपालकी छोरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

देशप्रेम, ठूलालाई आदर र सानालाई माया गर्ने भावका शब्दहरू गीतमा समेटिएको छ । गीतको भिडियोमा मोडल गीता ढुंगानाले अभिनय गरेकी छिन ।

गीतका माध्यमबाट गीतकार र गायिकाले स्वाभिमान र शिर नझुक्ने नेपालकी छोरीको नेपाली आत्मासम्मानलाई जोड दिएका छन् ।योगेन्द्र राजकर्णीकारको निर्माण, रिदम कँडेलको एरेन्ज, साजन शाहको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको निर्देशन जिबी आग्रीले गरेका हुन् ।

थम्मन टाडीको कोरियोग्राफी रहेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका हुन् ।