fbpx

काठमाडौँ ,जेठ २४ / सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

सिंगा ओभलमा आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्‍यो। यससँगै नेपाल उपाधिनजिक पुगेको छ।

यसअघि टस जितेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमै अलआउट भएको थियो। नेपालका करण केसीले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे।

अब नेपालले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा मलेसिया र हङकङ आमनेसामने छन्। प्रतियोगिताको फाइनल सोमबार हुनेछ।