काठमाडौँ १४ असार / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ हजार ७ सय रूपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघले जनाए अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रूपैयाँमा कारोबार भएको चाँदी आज १४५ रूपैयाँले बढेर ४ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

