fbpx

काठमाडौं, असार १६ / नेपाल पर्यटन विकास व्यवसायी संघ (NTDEA) र चन्द्रागिरि नगरपालिका वडा नं. ४, थानकोटको संयुक्त आयोजनामा “प्राचीन व्यापारिक मार्ग तथा प्रमुख सम्पदाको अवलोकन एवं प्रवर्द्धन कार्यक्रम” सफलतापूर्वक असार १३, २०८३ मा सम्पन्न भएको छ।

कार्यक्रमले चन्द्रागिरि–थानकोट क्षेत्रको ऐतिहासिक व्यापारिक मार्ग, धार्मिक सम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासका सम्भावनालाई उजागर गरेको छ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, हनुमानढोका दरबार संग्रहालय, TURGAN, TAAN, VITOF, NTVA लगायत विभिन्न पर्यटन संघ–संस्था, व्यवसायी, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

ऐतिहासिक पदमार्ग हुँदै सम्पदाको अवलोकन

कार्यक्रमको सुरुआत थानकोटस्थित ऐतिहासिक चुनदेवी मन्दिरपरिसरबाट गरिएको थियो। सहभागीहरूले प्राचीन व्यापारिक मार्गहुँदै देउराली भालेश्वर महादेव मन्दिरको अवलोकन गर्दै अन्तिमगन्तव्य आदिनारायण मन्दिर परिसर पुगेका थिए। भ्रमणकोसमापन स्थानीय समुदायद्वारा प्रस्तुत पारम्परिक  जन तथासांस्कृतिक  कार्यक्रमसँग  गरिएको थियो, जसले सम्पदाकोआध्यात्मिक र सांस्कृतिक महत्वलाई अझ सजीव बनाएकोथियो।

स्थानीय सम्पदालाई पर्यटनसँग जोड्ने प्रतिबद्धता

उद्घाटन समारोहमा चन्द्रागिरि नगरपालिका वडा नं. ४ का अध्यक्षतथा नगर प्रवक्ता श्री कृष्णप्रसाद खड्गीले सहभागी सबै संस्थातथा व्यक्तित्वलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य प्राचीनव्यापारिक मार्ग, धार्मिक सम्पदा तथा प्राकृतिक पदमार्गलाईपर्यटनसँग जोडेर स्थानीय आर्थिक समृद्धिमा योगदान पुर्‍याउनुरहेको बताउनुभयो। उहाँले वडा नं. ४ मा रहेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विस्तृत जानकारी प्रस्तुत गर्दैतिनको संरक्षण र व्यवस्थित प्रवर्द्धनको आवश्यकताऔँल्याउनुभयो।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक श्री सुनिल शर्मालेनेपालको प्राचीन सभ्यता, संस्कृति र सम्पदालाई आधुनिकडिजिटल माध्यमबाट विश्वसामु प्रस्तुत गर्न भावनात्मक(Emotional) र प्रामाणिक (Authentic) डिजिटल स्टोरीटेलिङआवश्यक रहेको बताउनुभयो। उहाँले गन्तव्यको वास्तविक कथा, स्थानीय समुदायका अनुभव र सांस्कृतिक मौलिकतालाई समेटेरसिर्जना गरिने सामग्रीले अन्तर्राष्ट्रिय बजारमा नेपालकोप्रतिस्पर्धात्मक पहिचान निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्नेधारणा व्यक्त गर्नुभयो।

चुनदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षश्री ईश्वर लामाले चन्द्रागिरि क्षेत्रका पदमार्गहरू अझै पनि पर्याप्तप्रचार–प्रसार हुन नसकेको उल्लेख गर्दै सम्बन्धित पर्यटनसंघ–संस्था र सरोकारवालालाई यसको प्रभावकारी प्रवर्द्धनमासक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो। उहा कै समितिको  पहलमा सहभागीहरूका लागि बिहानको नास्ताको व्यवस्था गरिएकोथियो।

अनुसन्धान, शिक्षा र सम्पदा संरक्षणमा सहकार्य

NTDEA का संस्थापक अध्यक्षले संस्थाको परिचय दिँदैचन्द्रागिरि नगरपालिकासँग सहकार्यमा यस्तो कार्यक्रम आयोजनागर्न पाएकोमा वडा नं. ४ का  जनप्रतिनिधि तथा सम्पूर्णसहयोगीप्रति आभार व्यक्त गर्नुभयो। संघका अध्यक्ष श्री अच्युतसिग्देलले चन्द्रागिरिको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक सम्पदा तथा प्राचीन व्यापारिक  मार्गले यस क्षेत्रलाईहाइकिङ, सांस्कृतिक पर्यटन, सम्पदा पर्यटन तथा अनुसन्धानपर्यटनका लागि अत्यन्त सम्भावनायुक्त गन्तव्य बनाएकोबताउनुभयो।

हाँले संस्थाका धेरै सदस्यहरू MPhil/PhD तहमापर्यटन, संस्कृति र सम्पदा सम्बन्धी अनुसन्धानमा संलग्न रहेकोउल्लेख गर्दै चन्द्रागिरि नगरपालिकाका सामुदायिक तथा संस्थागतविद्यालयका विद्यार्थीहरूलाई हनुमानढोका दरबार क्षेत्रका मूर्ततथा अमूर्त सम्पदाको शैक्षिक अवलोकन भ्रमण सञ्च लन गर्न NTDEA आवश्यक प्राविधिक तथा संस्थागत सहयोग गर्न तयाररहेको जानकारी दिनुभयो।

त्यसपछि हाम्रो समूह पदयात्राकालागि उकालो लाग्यो। पदयात्राका क्रममा सहभागीहरूलेजंगलको प्राकृतिक सौन्दर्य, चराचुरुङ्गीको चिरबिर र  रियालीले भरिएका रूखबिरुवाको अवलोकन गर्दै यात्रा गरेका थिए। बाटोभरि विभिन्न स्थानमा तस्बिर तथा भिडियो खिच्दै यात्राकोअनुभवलाई स्मरणीय बनाइएको थियो। करिब  २ घण्टा ३० मिनेटको पदयात्रापछि समूह सफलतापूर्वक केबलकार स्टेशनपुगेको थियो।

 

अन्तरक्रियामा पर्यटन विकासका विविध आयाम

चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित अन्तरक्रिया कार्यक्रममाविभिन्न क्षेत्रका विज्ञहरूले चन्द्रागिरि क्षेत्रको पर्यटन विकासकासम्भावना, चुनौती र अवसरबारे आफ्ना धारणा प्रस्तुत गरेकाथिए

चन्द्रागिरि हिल्सका निमित्त महाप्रबन्धक श्री प्रबिन्द्र सिंहलेकेबलकार सेवा, रिसोर्टका आवासीय सुविधा, नयाँ पर्यटनपूर्वाधार, आतिथ्य सेवा तथा उच्चस्तरीय  पर्यटकीय अनुभवबारेविस्तृत प्रस्तुतीकरण दिनुभयो। प्रस्तुतिपछि सहभागी पर्यटनव्यवसायीहरूले Wellness Tourism, दीर्घकालीन गन्तव्यव्यवस्थापन तथा नयाँ पर्यटन उत्पादनबारे  जिज्ञासा राखेका थिए, जसको उहाँले विस्तृत जवाफ दिनुभएको थियो।

संघका सल्लाहकार प्रा. डा. सोमप्रसाद खतीवडाले थानकोट क्षेत्रनेपालको प्राचीन व्यापारिक मार्गको महत्वपूर्ण केन्द्र रहेकोउल्लेख गर्दै यस मार्गलाई इतिहास,  संस्कृति र पर्यटनसँग एकीकृतगरी स्थानीय आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोडदिनुभयो। उहाँले चित्लाङ क्षेत्रमा प्राप्त अंशुवर्माका अभिलेखलेयस मार्गको ऐतिहासिक  व्यापारिक महत्व पुष्टि गर्ने तथ्यसमेतप्रस्तुत गर्नुभयो।

नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक श्री रोहिणी खनाललेडिजिटल मार्केटिङ, TikTok, डिजिटल स्टोरीटेलिङ तथासिर्जनात्मक सामग्री निर्माणमार्फत चन्द्रागिरि  पदमार्गकोप्रभावकारी प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउँदै नेपाल पर्यटनबोर्डले आवश्यक प्राविधिक तथा प्रवर्द्धनात्मक सहयोग गर्न तयाररहेको बताउनुभयो।

TURGAN का अध्यक्ष श्री थानेश्वर देवकोटाले गन्तव्यकोदीर्घकालीन विकासका लागि सामान्य प्रचार–प्रसारभन्दाDestination Branding लाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्तगर्नुभयो।

हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख श्री काजीमानप्याकुरेलले चन्द्रागिरि क्षेत्रको ऐतिहासिक महत्वबारे प्रकाश पार्दैनगरस्तरीय सङ्ग्रहालय स्थापना गर्न सुझाव  दिनुभयो।

VITOF का अध्यक्ष श्री हरिशरण थपलियाले ग्रामीण पर्यटनतथा होमस्टे विकासलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्तगर्नुभयो भने NTVA का अध्यक्ष श्री भीम लामाले प्राकृतिकसौन्दर्य, सांस्कृतिक सम्पदा र पदयात्राको संयोजनमार्फतचन्द्रागिरिलाई उत्कृष्ट पर्यटन गन्तव्यका रूपमा विकास गर्नसकिने बताउनुभयो।

यसै अवसरमा Nimi Wellness Center का अध्यक्ष श्री नीराजनतिवारी तथा श्री उपदेश कुँवरले Singing Bowl Sound Therapy तथा Meditation Session  सञ्चालन गरीसहभागीहरूलाई मानसिक शान्ति, स्वास्थ्य र वेलनेस पर्यटनकोफरक अनुभव प्रदान गर्नुभएको थियो। अन्तिम चरणमासहभागीहरूले चन्द्रागिरि हिल्स रिसोर्ट,    केबलकार सेवा तथापर्यटकीय पूर्वाधारको अवलोकन भ्रमण गरेका थिए।

सहभागीहरूका लागि हाई–टीको व्यवस्थापन गरिदिएकोमाचन्द्रागिरि हिल्स प्रा. लि. तथा कार्यक्रमको सफल समन्वयमामहत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका ए नटीडीईए  (NTDEA) कासहसचिव श्री अमित बस्तीप्रति आयोजकले विशेष धन्यवादव्यक्त गर्नुभयो।

समापन स्थानीय सम्पदाको दस्तावेजीकरणमा जोड

कार्यक्रमका क्रममा स्थानीय संस्कृति अनुसन्धानकर्ता श्री सागरश्रेष्ठले वडा नं. ४ अन्तर्गत रहेका ढुंगेधारा, आदिनारायण मन्दिर, महालक्ष्मी मन्दिर परिसर लग यतका  मूर्त तथा अमूर्त सांस्कृतिकसम्पदाबारे विस्तृत जानकारी गराउँदै तिनको संरक्षण, दस्तावेजीकरण तथा पर्यटनसँगको अन्तरसम्बन्धबारेसहभागीहरूलाई अवगत गराउनुभयो।

कार्यक्रमको सम्पूर्ण फोटोतथा दृश्य अभिलेखीकरण (Documentation Photography) श्री विशेष श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रमलेचन्द्रागिरि–थानकोट क्षेत्रको प्राचीन व्यापारिक मार्ग, धार्मिकसम्पदा, प्राकृतिक पदमार्ग तथा स्थानीय संस्कृतिलाई एकीकृतरूपमा संरक्षण र प्रवर्द्धन गर्दै यस क्षेत्रलाई दिगो, समुदायमैत्री तथाउच्च मूल्य (High Value) पर्यटन गन्तव्य का रूपमा विकास गर्नेसाझा प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको छ।