fbpx

काठमाडौं १ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालाई समयसापेक्ष बनाउन सरकार सकारात्मक रहेको बताएका छन्।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रबार बसेको बैठकमा उनले स्वकीय सचिवलगायत सांसदका सहयोगी कर्मचारीहरूको सेवा–सुविधा सुधारमा सरकार उदार रहेको बताए।

अर्थमन्त्री वाग्लेले फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्तासमेत आवश्यक विधि र प्रक्रिया पूरा गरी समयअनुकूल बनाउने विषयमा सरकार नकारात्मक नरहेको स्पष्ट पारे।

उनले सांसदका सहयोगी कर्मचारीहरूको सेवा–सुविधा सुधार सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निर्णय अघि बढाइने बताए।