fbpx

काठमाडौं ११ साउन। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२८ अंकले घट्दै २७०१ अंकमा झरेको छ। अघिल्लो कारोबार दिन ७.९० अंकले सुधारिएको बजार सोमबार भने उच्च अंकबाट ओरालो लाग्दै बन्द भएको हो।

कारोबार सुरु भएपछि बजार केही समय सकारात्मक देखिएको थियो। दिउँसो १२:१३ बजे नेप्से २७४४ अंकसम्म पुगे पनि त्यसपछि लगातार दबाबमा पर्दै अन्तिम कारोबारसम्म घट्दो क्रममा रह्यो।

यद्यपि बजार घटे पनि कारोबार रकममा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सोमबार ६ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ।