
काठमाडौं, भदौ ३१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक आयोजना हुने भएको छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बिहान ११ बजे बैठक बस्नेछ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।
प्रवक्ता खरेलका अनुसार विपद् व्यवस्थापनका विषयमा विभिन्न दलका शीर्ष नेताबीच साझा धारणा बनाउन बैठक बोलाइएको हो।
