युवा नेतृत्व, विकास र संगठन सुदृढीकरणको एजेन्डासहित खुलातर्फ प्रतिस्पर्धामा
काठमाडौं, २२ असोज । काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री तथा बर्दियाका युवा नेता जन्मजय तिमिल्सिनाले केन्द्रीय सदस्य (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा लामो समयदेखि सक्रिय तिमिल्सिना पूर्व तरुण दल केन्द्रीय कार्यवाहक अध्यक्षसमेत हुन्। युवा पुस्तामाझ लोकप्रिय तथा विकासप्रेमी नेताका रूपमा परिचित तिमिल्सिनाले पार्टीलाई थप गतिशील, सुदृढ र जनमुखी बनाउने उद्देश्यसहित केन्द्रीय नेतृत्वमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
तिमिल्सिनाले पार्टीभित्र युवा सहभागिता, संगठन सुदृढीकरण, सुशासन र विकासका मुद्दालाई प्राथमिकतामा राख्दै कांग्रेसलाई समयअनुकूल थप प्रभावकारी र जनतासँग जोडिएको पार्टीका रूपमा अघि बढाउन आफ्नो भूमिका रहने बताएका छन्।
उनले १५औँ महाधिवेशनका सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिहरूसमक्ष आफ्नो उम्मेदवारीलाई समर्थन गर्दै अमूल्य मत प्रदान गरी अत्यधिक मतका साथ विजयी गराइदिन हार्दिक अपिल गरेका छन्।
युवा नेतृत्व, संगठनात्मक अनुभव र विकासको दृष्टिकोणलाई आफ्नो प्रमुख आधार बनाउँदै तिमिल्सिनाको उम्मेदवारीले कांग्रेसको केन्द्रीय नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्वको बहसलाई समेत थप बल दिएको छ।

